गण्डकी प्रदेशमा बिहिबार बिहानै ११ जना कोरोना भाइरसका संक्रमित थपिए

११ असार, कास्की । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहीबार बिहानै गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । थपिने जिल्लामा स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपुरमा नयां संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा स्याङ्जाका एक जना, बागलुङका २ जना छन् । त्यस्तै, म्याग्दीका २० देखि ३२ वर्ष उमेर समूहका ६ जना पुरुष छन् । नवलपुरमा संक्रमण पुष्टि हुने २ जना छन् ।
गण्डकी प्रदेशभर हालसम्म ७ सय ५३ जनामा कोरोना भाइरसका संक्रमित संख्या पुगेको छ ।