स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा क्षेत्रीय अस्प्तालमा कोरोना उपचाररत मृत्यु

११ असार, कास्की । कोरोना भाइरसका संक्रमित थपिने क्रमसगै आज बिहान पोखरामा एक जना कोरोना उपचार गराउँदै आएका एक जनाको मुत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्

उनलाई यही असार ८ गते मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । डा. आचार्यका अनुसार उनी डायबिटिजबाट समेत पीडित थिए ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि पनि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।