फागुन २१ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमतसहित १८२ सिट जिते पछि आज सो पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह आज प्रधानमन्त्री नियुक्त भएका छन्। काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर रास्वपाबाट झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै बिजयी हासिल गरेका थिए । उमेर ३६ वर्षीय बालेन शाह नेपालको लोकतान्त्रिक इतिहासकै सबभन्दा कान्छा प्रधानमन्त्री बनेका छन् । उनको नेतृत्वमा बनेको मन्त्रिपरिषद पनि लोकतान्त्रिक इतिहासकै सबभन्दा युवा ुक्याबिनेट हो।
प्रधानमन्त्री बालेको मन्त्रिपरिषदका सदस्यको औसत उमेर ४० वर्ष छ। नवनियुक्त मन्त्रीहरूमा सबभन्दा बढी उमेर भएका अर्थमन्त्री स्वर्णिम वाग्ले हुन्। उनी ५१ वर्षका छन्।
मन्त्रीहरूको उमेर यस्तो छ :
१. बालेन शाह, प्रधानमन्त्री — ३६ वर्ष
२. स्वर्णिम वाग्ले, अर्थमन्त्री — ५१ वर्ष
३. सुधन गुरूङ, गृहमन्त्री — ३८ वर्ष
४. शिशिर खनाल, परराष्ट्र मन्त्री — ४७ वर्ष
५. विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री — ४४ वर्ष
६. सोबिता गौतम, कानुन मन्त्री — ३० वर्ष
७. प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री — ३२ वर्ष
८. गीता चौधरी, कृषि मन्त्री — ३३ वर्ष
९. विक्रम तिमिल्सिना, सञ्चार मन्त्री — ४३ वर्ष
१०. दीपक साह, श्रम मन्त्री — ३४ वर्ष
११. सस्मित पोखरेल, शिक्षा मन्त्री — २९ वर्ष
१२. सुनिल लम्साल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री — ३५ वर्ष
१३. खड्क पौडेल (गनेश), पर्यटन मन्त्री — ४६ वर्ष
१४. सीता वादी, महिला तथा बालबालिका मन्त्री — ३० वर्ष
१५. निशा मेहता, स्वास्थ्य मन्त्री — ३८ वर्ष

