५ चैत, काठमाडौं । हालै भएको प्रतिनिधिसभा निर्वाचनबाट आफुसहित पार्टीले पराजय भोगेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । सभापति थापाले हिजो बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन् ।
सभापति थापाले राजीनामा दिएपनि आजको केन्द्रीय कमिटी बैठकले स्वीकृत गर्ने की अस्वीकृत गर्ने विषयमा छलफल हुने बताइएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कमिटी बैठक आज १ बजे पाटीै काार्यालय सानेपामा बस्दैछ ।
सभापति थापा सर्लाही–४ बाट रास्वपाका डा। अमरेशकुमार सिंहसँग पराजित भएका थिए ।
फागुन २१ गते भएको निवाँचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त कांग्रेसले प्रत्यक्षमा र समानुपातिक गरी ३८ सिट सहित दोस्रो भएको
छ ।
हालै आएको चुनावी नतिजापछि राजीनामा दिएका सभापति थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।
सभापति थापा निर्वाचनको केही दिन अघि मात्र विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए ।

