एजेन्डा तयसँगै शुरु भयो नेकपा स्थायी कमिटी बैठक

१० असार, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा कोरोना भाइरस (कोभिड(१९) नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै सीमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका कामलगायत सरकारका समग्र कामको समीक्षा हुने नेकपाले जनाएको छ ।

त्यस्तै पार्टी एकताका बाँकी कामहरुको बारेमा पनि बैठकमा छलफल हुने र एमसीसीलाई पनि बैठकको एजेण्डाका रुपमा राखिएको छ ।

बैठकमा अध्यक्षले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्ने कार्य सूची छैन । सामान्यतः सदस्यहरुलाई बैठकको कार्यसूची पहिले नै जानकारी दिने र केन्द्रीय सचिवालयले प्रतिवेदन पास गरेर अध्यक्षले स्थायी कमिटीमा पेस गर्नुपर्ने भए पनि दुई अध्यक्षबीचमै सहमति हुन नसकेका कारण प्रतिवेदन समेत तयार नभएको बुझिएको छ ।