जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न जेष्ठ नागरिक सम्बद्द संघ संस्था हरूसंग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अबसरमा प्रमुख पौडेलले जेष्ठ नागरिकको संबिधान र कानुनले ब्यबस्था गरेका सेवा सुबिधाको निसर्त कार्यन्वयन हुनुपर्ने भन्दै विभिन्न कार्यालय र सरोकारवालाहरू यस सम्बन्धमा गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । सार्बजनिक यातायातमा ५० प्रतिशत छुटको प्राबधान कार्यान्वयन हुन नसकेको ,सेवा प्रदायक अस्पताल ,बैंक सहितका सेवा प्रदायक निजि तथा सार्बजनिक संस्था हरूको ध्यानाकर्षण गराउदै उहाँले केहि सरकारी तथा सरोकारवाला कार्यालयहरूमा सेवा प्रबाह जेष्ठ नागरिक मैत्री नभएको गुनासो आएको भन्दै तत्काल सेवा प्रबाहमा जेष्ट नागरिकहरूलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । प्रमुख पौडेलले जिल्ला समन्वय समितिलाई नागरिकका गुनासा सुन्ने र समाधानका उपाय खोज्ने थलोको रूपमा लिन आग्रह गर्दै कुनै गुनासा भए जानकारी गराउन आग्रह गर्नुभयो
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत लक्षु शर्माले जेष्ठ नागरिकका अधिकार र बर्तमान अबस्था बिषयमा अबधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।शर्माले जेष्ठ नागरिकका सम्बन्धमा भएका कानुनि ब्यबस्था ,उहाँहरुको हक अधिकार सम्बन्धि अन्य नीतिगत ब्यबस्था र कार्यान्वनमा देखिएका चुनौती र समस्या सहित समाधानका बारेमा चर्चा गर्नुभएको थियो ।
जेष्ठ नागरिक सेवा सम्बन्धमा संचालित जेष्ठ नागरिक आश्रम र दिवा सेवा केन्द्रहरूका संचालक सहभागीहरूले जेष्ठ नागरिकहरूले भोग्नु परेका समस्याका पारेमा अबगत गराएका थिए ।उनीहरूले जेष्ठ नागरिकका समस्या पहिचान र समाधान र कार्यान्वनका बारेमा राज्यका निकाय सक्रिय र सम्बेदनशील हुनु पर्नेमा जोड दिएका थिए ।कास्की जिल्लामा क्रियाशील विभिन्न जेष्ठ नागरिक सम्वद्ध संघ,संस्था,प्रतिनिधि र सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेबी विश्वकर्मा र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

