Breaking News

धादिङ महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किदा एकको मृत्यु

धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।

काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ठक्करपछि एउटा बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइतेहरूबारे पनि यकिन हुन बाँकी रहेको छ।