Breaking News

चलचित्र अभिनेता सुनिल थापाको निधन : अन्त्येष्टि भोलि

काठमाडौँ । चलचित्र अभिनेता सुनिल थापाको निधन भएको छ।

उनको आज बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा दयाघातका कारण निधन भएको थियो ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको बताइको छ ।

परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए।

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका सुनिल थापा (राते काइँला) भनेर समेत चिनिन्थे। फिल्म (चिनों) मा राते काइँला को भूमिकामा प्रस्तुत सुनिल त्यसयता सर्वाधिक खोजिने खलपात्रको रुपमा रहेका थिए।

एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष समेत रहेका सुनिल पछिल्लो समय फिल्म (एक्लो) मा देखिएका थिए।

दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको अन्त्येष्टि भोलि आइतबार मात्र हुने भएको छ ।

थापाको परिवार मुम्बईबाट आउन ढिला भएका कारण उनको अन्त्येष्टि भोलि मात्र हुने भएको हो ।

परिवारजन शनिबार दिउँसै नेपाल आउने बताइए पनि साँझ नआइपुगेका कारण आज अन्त्येष्टि हुन नसकेको हो । अन्त्येष्टिअघि थापाको शव अन्तिम श्रद्धाञ्जलिका लागि केही समय चलचित्र विकास बोडमा राखिने छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।