Breaking News

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ आजदेखि बिक्री खुला

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ आजदेखि बिक्री खुला भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रूपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रूपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको हो।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।

ीबहmष् दबलप
कम्पनीलाई केयर रेटिङ नेपालले ुकेयर एनपी डबल बी माइनस इस्युअरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ुमेरो सेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।