चीनद्धारा आफ्ना २ जना सैन्य अधिकारी मारिएको खुलासा

एजेन्सी

९ असार,दिल्ली । जुन १५ मा २० चीन–भारत सीमा गल्वान उपत्यकामा भारतीय २० सैनिकको ज्यान जाने गरी भएको झडपमा आफ्ना दुई चिनियाँ सैन्य अधिकारी मारिएको चीनले खुलासा गरेको छ ।

यसरी मारिनेमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको स्वीकार गरेको छ ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भएपनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख छ ।

घटनामा आफ्ना सैन्य अधिकारी मारिएको चीनको स्वीकारोक्तिलाई महत्वपूर्ण मानिएको छ । यसलाई सम्भवतः भियतनामसँग सन् १७७९ मा भएको युद्धपछि भएको पहिलो सैन्य हताहती भएको मानिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले भने हालसम्म घटनामा भएको कुनैपनि हताहतीलाई स्वीकार गरेको छैन ।

जुन १५ भारतीय सेनाले आफ्नो दाबी गरिएको भू–भागमा चिनियाँ पक्षले निर्माण गरेको भौतिक संरचना भत्काएपछि दुबैपक्षबीच हिंस्रक झडप भएको थियो ।

घटनामा भारतका कमान्डिङ अफिसर सहित २० जनाको ज्यान गएको थियो ।

घटना लगत्तै चिनियाँतर्फ पनि हताहती भएको बताइएको भएपनि कति संख्यामा हताहती भयो भन्ने बारेमा कुनै जानकारी सार्वजनिक हुनसकेको थिएन ।