Breaking News

सुन आज एकै दिनमा २० हजार ५०० रुपैयाँले बढेर प्रति तोला ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम

काठमाडौँ । आज एकैदिन सुनको मूल्यमा बढवा पाएको छ । आजतोलामा २० हजार ५०० रुपैयाँले बढेर आज नेपाली बजारमा ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।

आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।