Breaking News

लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गोली चलाएर पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

लुटेराबाट कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ । साथै यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।