देशभर ५३५ जना कोरोना भाइरसका संक्रमित थपिए

८ असार, काठमाडौं । आज देशभर ५३५ जना कोरोना भाइरसका संक्रमण भेटिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या ९५०० नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।