Breaking News

कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउँदै

५ माघ, काठमाडौं । नेपाली कांग्रेसमा अहिले विवाद उत्पन्न भएको छ । तर भोलि माघ ६ गते आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने दिन । अहिलेसम्म पनि काँग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छैन । बिशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि निर्वाचन आयोगले पनि गगन पक्षलाई आधिकारिता दिएपछि देउवा पक्ष पाखा लागेको छ । यस विषयमा देउवा पक्षले हिजो मात्र आधिकारिता बारेमा सर्वाेच्चमा रिट दायर गरेको छ । आज सार्वजनिक विदा भोलि उम्मेदवार मनोनयन भएकाले काँग्रेसले आजै उम्मेदवार टुंगो लगाउनु पर्ने छ । यस बिषयमा सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् ।

बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डको बैठक बसिरहेको छ । काँग्रेसमा अहिले संस्थापनपक्ष गगन थापा, निवर्तमान सभापपित पक्ष र नेता शेखर कोईराला पक्ष रहेका छन् । यी सबै पक्षलाई मिलाएर टिकट बाँड्नु पर्ने भएको छ ।

संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् ।