-दिर्घबहादुर शाही
आज राष्ट्रिय एकता दिवस पनि हो । यस अवसरमा देशैभरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा गएर माल्यापण गरेर मनाईदै छ , भने आजै नेपाली काँग्रेस बिशेष महाधिवेशन पक्षले काठमाडौंको भृकुटीमण्डपमा बिशेष महाधिवेशनको उद्घाटन गर्दैछ ।
राष्ट्रिय एकता दिवसले समग्र नेपाल राष्ट्रलाई मात्र नभएर नेपाली काँग्रेसको भित्रको बिकसित सृजनाको विवादलाई सुल्झाउने गरी सबै अनिश्चित यात्रामा बेमेलको भाव राखेकाहरुप्रतिको एक अर्कालाई जोड्ने पुलका रूपमा जोडिएर प्रतिशोधलाई कम गर्दै वर्तमान विषम परिस्थितिका गरुङ्गा चुनौतिको सामना गर्ने दिव्य शक्ति बन्ने छ। यस्तै गर्भिलो साहसका साथ यो राष्ट्रिय एकता दिवसलाई कोशेढुङ्गा साबित गर्दै काँग्रेस पार्टी मध्यमार्गीका रुपमा आफुलाई प्रस्तुत गर्नेछ,भन्ने कुरा आम कार्यकर्ताको अपेक्षाको विषय बन्दछ।
काँग्रेस पार्टी र यो मुलुकको समेत भविष्य फराकिलो हुने अनि राष्ट्रिय स्वाभिमान पनि अग्लो हुने मेरो बुझाइ छ। यी तमाम अप्ठ्याराहरुलाई समयको भागबन्डा ठानेर गएको विगतलाई समिक्षा सम्झेर वर्तमानको दरिलो सामना गरि निकट भविष्यसंग स्वयंमको टाढाको यात्रा जोडिएको र यसैलाई साथी मान्दै दौँतरीका माध्यमबाट सबै खालका तिता अनुभवलाई निमिट्यान्न गर्न सक्नु नै राजनीतिक लिडरको सक्षमता हो । त्यसैले सबै नेता तथा कार्यकर्तादेखि राष्टप्रेमीहरुले एकताकोे सन्देश दिंदै बलियो र सक्षम पार्टी बनाउनु नै आजको निर्बिकल्प हो ।

