Breaking News

कर्णाली प्रदेशमा ११ जना कोरोना भाइरसका संक्रमित थपिए

७ असार, सुर्खेत । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आन कर्णाली प्रदेशमा ११ जना संक्रमित थपिएका छन्
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट ११ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।

थपिएका संक्रमितमध्ये सल्यानका ६, दैलेखका र सुर्खेतका २–२ जना र रुकुम पश्चिमका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले बताएका छन् ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको छ ।

त्यस्तै आजै कर्णालीमा १४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रदेश अस्पता सुर्खेतको आसोलेसनबाट ३ जना, सल्यान बहुमुखी क्याम्पसको आसोलेनबाट ३ जना, दैलेख नौमुलेको आसोलेसनबाट ७ जना र जाजरकोट अस्पतालको आसोलेसनबाट एकजना गरी १४ जना डिस्चार्ज भएका हुन् ।