सालपा विकास बैंक लिमिटेडले आजदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने गरेको छ।
बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो।
बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रूपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रूपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यसका साथै बैंकले ८६ लाख १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर बैंकका कर्मचारीहरूलाई सुरक्षित राखी बाँकी रहेको १४ करोड ३९ लाख १७ हजार ९०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
उक्त आइपिओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ।
सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि पुस ३० गतेसम्म लम्बिनेछ।
यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

