काठमाडौं । टिकटकले सन् २०२५ मा नेपालबाट सबैभन्दा बढी खोजिएका शब्दको सूची सार्वजनिक गरेको छ ।
नेपाली प्रयोगकर्ताले वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्याउने उपयोगी खोज लगायत अन्य के-कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ ।
सूचीले ‘टिकटक सर्च’ वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको देखाउँछ जहाँ दशैं(तिहार र तीजका लागि आवश्यक सामग्रीदेखि लिएर खाना पकाउने रेसिपीसम्म खोजिएका छन् ।
“टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ,” टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने, “मानिस आजकल भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोजिरहेका हुन्छन् ।’
यो सूचीले लोकप्रिय सेलिब्रिटी र ड्रामादेखि लिएर दैनिक कुराकानीलाई प्रभाव पार्ने गीत र भाइरल क्षणहरूसम्म, समग्रमा नेपाली संस्कृतिको ढुकढुकी नै समेटेको छ ।
सर्चले नेपालीले सार्वजनिक घटना, प्रविधि सम्बन्धी जिज्ञासा लगायत प्रमुख समाचार र ट्रेन्डिङ विषयमा अपडेट रहन टिकटक प्रयोग गरिरहेका छन् भन्ने पनि देखाउँछन्
सबैभन्दा धेरै खोजिएका शो-बिज सेलिब्रिटी
प्रियंका कार्की
राजेश हमाल
स्वस्तिमा खड्का
रेखा थापा
मदनकृष्ण श्रेष्ठ
सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर
सिम्पल खरेल
आश्मा विश्वकर्मा
रचना रिमाल
अनमोल केसी
आना शर्मा
सबैभन्दा धेरै खोजिएका खेलाडी
साम्बा
बिमल घर्ती मगर
दिपेन्द्र सिंह ऐरी
एम्बाप्पे
मेस्सी
सबैभन्दा धेरै खोजिएका स्थान
मुस्ताङ
मनाङ
नर्थ अन्नपूर्ण बेस क्याम्प
पशुपतिनाथ मन्दिर
भीमसेनस्थान मन्दिर
सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामा
बिग बोस
परान ९चलचित्र०
जेरी अन टप ९चलचित्र०
जारी २ ९चलचित्र०
रोडिज सिजन ७
सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू
तीज
कुकुर तिहार
मिस ग्राण्ड नेपाल
रुटिन अफ नेपाल बन्द
एनपीएल सिजन २
सबैभन्दा धेरै खोजिएका गीत र साउन्डट्रयाक
ठुमक ठुमक जानीए माहिए दे नाल
आइसक्रिम खाउंगी काश्मिर जाउंगी
माया गर्नु ल ९जोन चाम्लिंग०
वाक्क लाग्दो संसार
सारी लायर आएँ भने
सबैभन्दा धेरै खोजिएका खाना र रेसिपी
हत्क्युला फ्रुट
स्टिम चिकेन रेसिपी
सेलरोटी रेसिपी
सिंगडा रेसिपी
पक्कु रेसिपी
अनलाइनखबरबाट

