Breaking News

दुई राप्रपा बीच एकता : औपचारिक घोषणा पुस १६ गते

९ पुस, काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।  पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ ।

दुई नेताबीचको बुधबारको छलफलले एकताको विषय टुंगो लगाएको थियो ।

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।