जलजला । पर्बत जिल्ला जलजला गाउँ पालिकाको शैक्षिक क्षेत्रको धरोहर बिद्याज्योति माबि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाई पर्बत बाट २०८१ सालको माध्यमिक शिक्षा परिक्षा एसईई को सामुदायिक बिद्यालय तर्फ सर्वउत्कृष्ट नतिजा ल्याउदै पहिलो भएको छ।
सामुदायिक बिद्यालय विषयगत विज्ञान तर्फ मेख बहादुर भण्डारी , गणित तर्फ यज्ञ बहादुर खत्री र सामाजिक तर्फ जीवन कार्की जिल्लामै सर्वउत्कृष्ट प्रथम भएका छन । शिक्षा विकास तथा समन्वय इकाई पर्बतले खादा र प्रमाणपत्र ले सम्मान गरेको छ।
निस्चित मापदण्ड का आधारमा बिस्लेषण गर्दा पनि बिद्यालयले सर्वउत्कृष्ट नतिजा सहित प्रथम स्थान प्राप्त गरेकोले कुस्मा नगरपालिका ११ मा विवेक सुवेदी पुण्य स्मृतिमा विवेक सुवेदी शैक्षिक रिनङ शिल्ड प्राप्त गरेको शिक्षक मेख भण्डारी ले बाताए।
२००४ सालमा स्थापना भएको बिद्यालयमा हाल १ देखि १० सम्म १ सय ५५ जना र १०ं२ मा २० जना विद्यार्थी रहेका छन

