काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगलाई बयान दिन तयार भएका छन् । ओलीलाई बयान लिन आयोगको टोली आफ्नो घरमै आए बयान दिन तयार भएको बताएका छन् । हिजो राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री, राष्ट्रपतिसँग तीन राजनीतिक दलका शिर्ष नेताहरु प्रचण्ड, केपी ओली र देउवा छलफलमा सहभागी भएका थिए । त्यस क्रममा ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने तर जाँचबुझ आयोगको कार्यालय भने नजाने बताएका हुन् ।
ओलीको भनाई अनुसार, यो कार्की आयोगको काम छैन, किन बनाएको ? मसँग कुरा गर्नुछ भने गुन्डुको मेरो घरमै पठाइदिनुस्, म जे–जे भन्नु छ, त्यहीँ भनौँला,’ ओलीको भनाई उदृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले बताएको छ।
ओलीले यसअघि पनि बयान दिन जाँचबुझ आयोगलाई बयान नदिने अडान रहेका थिए । हिजो ओलीले सो कुरा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक प्रचण्डको सामुन्ने पुनः त्यही कुरा दोहो¥याएका
थिए ।

