३ पुस, काठमाडौं । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको अन्तिम मत परिणाम अनुसार उपमहासचिवमा ओली समूहका २ जना र पोखरेल समुहका १ जना निर्वाचित भएका छन् । जसमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश रहेका छन् ।
लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् ।
भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।
अन्य उम्मेदवारो मत :
विष्णुप्रसाद रिमाल : १०९१
आनन्दप्रसाद पोख्रेल : ६३५
वैजनाथ चौधरी : ५१७
राजेन्द्रप्रसाद गौतम : २७०

