Breaking News

एमाले महासचिवमा शंकर पोख्रेल विजयी

३ पुस, काठमाडौं । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको अन्तिम मत परिणाम अनुसार महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् ।