सांसद सरिता गिरी बिरुद्ध टेकु परिसरमा उजुरी

५ असार, काठमाण्डौ । समाजवादी पार्टी नेपालकी नेतृ तथा सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ ।

आज शुक्रबार चार जना अधिवक्ताले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै उजुरी दिएका हुन् ।

राज्यविरूद्धको अपराधमा उजुरी परेको छ । राष्ट्रविरूद्ध अभिव्यक्ति दिएको भन्दै केही अभिवक्ताहरूले उजुरी हाल्नु भएको हो,’ परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् ।

उजुरी परेसँगै अनुसन्धान थालिसकिएको पनि उनले बताए ।

पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन् । उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने गिरीको जिकिर थियो । तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो । अस्वीकृत भएसँगै उनले संसदबाट बाहिरिएर पत्रकारहरूसँग आफ्ना अभिव्यक्ति दिएकी थिइन् ।

राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार जाँच गर्नु भएन भने, नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो,’ गिरीले भनेकी थिइन्, ’किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार ग¥यो । महिलाहरूले देश निर्माण गर्नुभयो । जस्ता अभिव्यक्ति दिएकी थिइन ।