Breaking News

विभिन्न स्कुलका विद्यार्थी तथा महिला समूहरुलाई हिंसाको बारेमा विशेष सचेतना कार्यक्रम सम्पन्न

ललितपुर । प्रविधिको सही प्रयोगः लैगिक हिंसा अन्त्य गरौं । लैगिक हिंसाविरुद्धको १६ दिने अभियन (नोभेम्बर  २५ डिसेम्बर १० ) अन्तर्गत शान्ति शिक्षा अभियान नेपाल र किन इन्डिया दिल्लीको संयुक्त आयोजनामा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धि मंगल मा.वि, गोदावरी नगरपालिका वडा नं. ५ लेलेको गणेश महिला समूह लगायतका विभिन्न स्कुलका विद्यार्थीहरुको साथै महिला समूहरुलाई डिजिटल युगमा हुने हिंसाको बारेमा विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोबाटबाट प्र.स.नि प्रकृति खड्काले डिजिटल हिंसाबाट भइरहेको हिंसा र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । यस सचेतना कार्यक्रमको संयोजन भने विश्वकीर्तिमानी सगरमाथा आरोही तथा बाल विवाह रोकथाम र मानव बेचविखन विरुद्धको अभियानका सक्रिय अभियन्ता कल्पना महर्जनले गरेको थियो । अभियन्ता कल्पनाले आजको समाजमा बाल विवाह तथा मानव बेचविखन पनि यस्तै सामाजिक सञ्जालको विभिन्न माध्यमहरुबाट समेत भूमिका खेलिरहेको कारण यस्तो खालको सचेतनाको कार्यक्रमहरु संचलन गर्नु अत्यन्तै आवश्यकता रहेको बताउनुभयो ।