Breaking News

भक्तपुरमा साख साहु भनेर चिनिने लक्ष्मीभक्त चवालको ७२ वर्षको उमेरमा निधन

काठमाडौं । भक्तपुरमा साख साहु भनेर चिनिने लक्ष्मीभक्त चवालको ७२ वर्षको उमेरमा गएराति निधन भएको छ । स्वर्गीय चवाल लामो समयदेखि किड्नीको विरामी भई उपचाररत थिए । उनको मंगलबार नै भक्तपुरको हनुमानघाटमा दाहसंस्कार गरिएको छ ।

चवाल भक्तपुरको सामान्य किसान परिवारमा जन्मीहुर्केेर सफल उद्यमी हुन सफल व्यक्ति थिए । साथै उनी समाजसेवी पनि थिए । उनी भक्तपुरको भीमसेनस्थान पुननिर्माणमा उपभोक्ता समितिका संयोजक थिए । साथै सोही स्थानमा रहेको मुदीप पुननिर्माण उपभोक्ता समितिको पनि उनी संयोजक थिए । उनी भक्तपुरको चांँगुनारायण नगरपालिका झौखेलस्थित चाँंगुनारायण इटाभटाका संस्थापक पनि थिए ।

भक्तपुर नगरपालिका वडा नं ४ लाकुलाछेंमा बुबा रामभक्त चवालको कोखबाट उनको जन्म २०१० साल असार २४ गते भएको थियो । उनको निधनबाट भक्तपुरको व्यापार व्यवसायमै अपुरणीय क्षति पुगेको बताइएको छ । उनी खासमा भक्तपुरका धेरै उद्योगी व्यवसायीहरुको लागि प्रेरणाको श्रोत थिए, उनका सहकर्मी उद्योमी इन्जिनियर कृष्णभक्त दुवालले सम्झे । उनका अनुसार उनले २०४६ सालतिरबाट साखको व्यापार सुरु गरेका थिए । यहीबाट उनलाई भक्तपुरभरि अहिले पनि साख साहु भनेर चिनिन्छ । पछि उनले इटा उद्योग सञ्चालन गरेका थिए ।