Breaking News

नेकपा (एमाले) को ११औं महाधिवेशन भक्तपुरको सल्लाघारीमा केहीबेरमाउद्घाटन हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन हुँदैछ ।

उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित २ देखि ५ लाख मानिस सहभागी हुने एमालेले नेता महेश बस्नेतले दाबी गरेका छन्। उद्घाटन समारोहका लागि अन्य दलका नेताहरूलाई पनि शुभकामना मन्तव्यक लागि बोलाइएको छ ।

महाधिवेशनमा डेढ सय झाँकी प्रस्तुत हुनेछन् । भक्तपुरले विभिन्न जाति, समुदायको कला, सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० बढी झाँकी प्रस्तुत गर्नेछ भने काठमाडौंले ५० र ललितपुरले पनि त्यति नै संख्यामा झाँकी प्रस्तुत गर्नेछ ।

एमालेले काठमाडौंतर्फबाट आउने सहभागी सहितको गाडीलाई गट्ठाघरमै रोक्नेछ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दूरी रहेको छ । उक्त दूरी जुलुससहित पुग्ने गरी व्यवस्थाबपन मिलाइएको छ ।

यस्तै, पूर्वी नाका हुँदै आएका गाडीहरू जगातीमै रोकिनेछन् भने त्यहाँका इँटा भट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको उनले बताए ।

यस्तै, ललितपुरबाट आएको गाडी र सहभागीहरू शंखघर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ उनले बताए । उनका अनुसार सहभागीहरू कार्यक्रमको अन्तिमसम्म सल्लाघारीको चौरमै उपस्थित रहन निर्देशित गरिएको छ ।