Breaking News

प्रधानमन्त्री सुशीला कार्कीले मलाई पक्राउ गर्न दबाब दिइरहनु भएको छ – केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिइरहेको बताएका छन्।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पती शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको बताए।

उनले सम्पत्ति शुद्धीकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरूवा गरेर आफू अनुकूलको व्यक्ति ल्याएको समेत बताए।

‘गिरफ्तार गर्नुपर्‍यो भन्ने माग गर्नुस् भनेर उनले अनेक दबाब दिनुभयो। त्यहाँका डाइरेक्टरले यस्तो झुटो कामहरु म गर्न सक्दिनँ, गैरकानूनी काम पनि गर्न सक्दिनँ, कानुनमा यस्तो छैन। र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिनँ। अब कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती डाइरेक्टरलाई त्यहाँबाट तुरुन्त हटाइयो। अर्को डाइरेक्टर ल्याइयो। प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने यो भन्दा दुखद स्थिति के हुन्छ?