पछिल्लो २४ घन्टामा ४२६ जना संक्रमित भेटिए

५ असार, काठमाडौं । आज शुक्रबार देशभर ४२६ जना कोरोना संक्रमण भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज गरेको पत्रकार सम्मेलनमा हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

त्यस्तै आजै २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

संक्रमितहरुमा गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४९ जना, बागलुङमा ३२ जना, सिन्धुपाल्चोकमा २१ जना, कञ्चनपुरमा २० जना, तनहुँमा १९ जना, डोटीमा १५ जना, गोरखा र सर्लाहीमा ११÷११ जना कोरोना संक्रमित भेटिएका
छन् ।

त्यस्तै डडेल्धुरामा ९ जना, अछाम, कास्की, मकवानपुर र बाजुरा ८र८ जना, अर्घाखाँचीमा ६ जना, पर्वतमा ५ जना, नवलपरासी पूर्व कपिलवस्तु र सर्लाहीमा ४र४ जना, मोरङ, काठमाडौं, स्याङ्जा र बझाङमा ३र३ जना, उदयपुर र रुपन्देहीमा २-२ जना, झापा, सिन्धुली, चितवन, धादिङ र नवलपरासी पश्चिममा १र१ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।