६ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले थालेको मतदाता नामावली अध्यावधिमा हालसम्म नयाँ मतदाता संंख्या ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला तीन लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् ।
आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ ।
यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए ।

