रुकुम पूर्वमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप चार जना घाइते भएका छन्।
दुर्घटनामा परि भूमे गाउँपालिका – १ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।
मृतक दुई जना एकाघरका जेठानी देउरानी हुन्।
दुर्घटनामा परी भूमे – १ लुकुमकी २६ वर्षीया प्रतिक्षा बुढा, उनका ११ महिनाको छोरा सुभम बुढा, २५ वर्षीया ब्युटी पुन र लुकुमकै ३ वर्षीया सक्षम घर्ती घाइते भएका छन्।
अटो भिरबाट खोलामा खस्ने क्रममा चारै जना बीचमै खसेका कारण उनीहरु जोगिएको प्रहरीले जनाएको छ।
शनिबार बेलुकी करिब पौने ६ बजेतिर रुकुम पुर्वको भूमे गाउँपालिका –१ लुगुमको मध्ये पहाडी लोक मार्ग सडक खण्डको पञ्चासेमा रा १ ह ६७९७ नम्बरको अटो दुर्घुटनामा परेको थियो।
अटो सडकबाट झन्डै ३०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

