रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ताको लागि हिजो निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
चौधरी दलबलसहित आयोगको कार्यालय पुगेर ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक दल दर्ताको लागि कागजातसहित निवेदन पेश गरेका हुन् । नयाँ दलमा युवा जेनजी कविर सोपलाई अध्यक्ष राख्दै चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ ।
नाउपा अध्यक्ष पत्नी रञ्जिता श्रेष्ठसँगको लामो विवादपछि चौधरीले नयाँ दल खोल्ने निर्णय गरेका हुन् । डा. सिके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खानसहित तीन नेता पनि चौधरीको नयाँ पार्टीमा प्रवेश गरेका छन् ।
आयोगले अब निवेदनमाथि अध्ययन गरेर दल दर्ताको प्रमाणपत्र दिनेछ ।

