आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दल र जेनजी बीचको त्रिपक्षीय संवादको भएको छ । आजको बैठकमा प्रधानमन्त्री कार्कीले सबैलाई खुला र सहकार्यपूर्ण संवादका लागि आह्वान गरेकी छन्।
संवादको सुरूमै उनले भनिन्, ‘सबै विचारको आदानप्रदान गरौँ । मुलुक हाम्रो हो, हामीले नै बनाउने हो। हामीले नबनाए कसैले बनाइदिँदैन।’
प्रधानमन्त्री कार्कीले संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै थपिन्, ‘एकपटकको कुराकानीले हुँदैन, यस्तो संवाद बारम्बार हुनुपर्छ। आज हामीले सुरूआत गरेका छौँ।’
उनले सबै पक्षलाई आ–आफ्ना विचार खुला रूपमा राख्न आमन्त्रण गरिन्।
उनले भनिन्, ‘आ–आफ्ना विचार राख्न म खुला गर्छु।’
प्रधानमन्त्रीको यो भनाइपछि संवाद औपचारिक रूपमा सुरू भएको छ।
संवादमा सरकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जेनजी आन्दोलनका नेताहरू सहभागी छन्।
जेनजीका तर्फबाट बोल्ने क्रम लगभग सकिएको छ।

