Breaking News

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

११ कात्तिक, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले बतायो ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मीको रुपमा उपलब्ध गराउँदै आएको थियो ।

नेपाल भ्रष्टाचार अभियुक्त भएका कारणले सुविधा कटौती गरिएको स्रोतले बताएको छ ।

‘भ्रष्टाचार अभियुक्त भएकाले उहाँको सुविधा कटौती गरिएको हो,’ सम्बद्ध स्रोतले अनलाइनखबरसँग भन्यो, ‘फेरि निवेदन हाल्नुभयो भने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर आवश्यक निर्ण हुनसक्छ ।’

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।