पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरा पक्राउ पर्नुलाई सीआईबीले करिब तीन वर्ष पहिले भेपमार्फत भएको सुन तस्करी प्रकरणसँग जोडेको छ । उनी विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा उनलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नियन्त्रणमा लिएको हो ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ । महरालाई भन्सार ऐन, २०६४ तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
२०७९ पुस १० गते दुबईबाट काठमाडौं ओर्लिएका एक चिनियाँ नागरिकले ल्याएको सुटकेशमा रहेको इलेक्ट्रिक सिगरेटमा साढे आठ करोड रुपैयाँ बराबरको सुन भेटिएको थियो । यही प्रकरणमा महराको संलग्नता देखिएको आरोप छ ।

