Breaking News

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीको राजीनामा माग्दै सबै पुराना नेताहरूले बिदा लिनुपर्ने

२४ असोज, काठमाडौं । नेकपा एमाले सचिवाय बैठक हिजोबाट बसेकोे छ । बैठकमा अधिकांश सचिवालय सदस्यहरुले अध्यक्ष ओलीले मार्ग प्रसस्त्र गर्नुपर्ने बताएका थिए । बैठकमा लिखित प्रस्ताव राख्ने क्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका ापुराना नेताहरू सबैले विदा लिनुपर्ने प्रस्ताव राखेकी छन् ।

पार्टी सचिवालय बैठकमा लिखित मन्तव्य राखेकी शाक्यले पुराना जतिले बिदा लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेकी हुन् । ‘पुरानाले जतिले बिदा लिनुपर्ने प्रस्ताव राख्नुभएको छ,’ बैठक स्रोतले भन्यो, ‘अहिलेकै नेतृत्वले पार्टी अगाडि बढ्न नसक्ने उहाँको निष्कर्ष छ ।

शाक्यले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर सहज निकास दिनुपर्ने पनि बताएकी छन् । एमाले बैठकमा शाक्यले ओलीको पहिलोपटक राजीनामा मागेकी हुन् ।

‘भोलिपल्ट सरकार जाँदैछ भन्ने पत्तो भएन । अनि षडयन्त्र भनेर मात्र हुँदैन,’ शाक्यले ओलीलाई भनिन्, ‘नैतिक जिम्मेवारी लिएर तपाईले सहज निकास दिनुस् । अरुलाई अगाडि बढाउनुपर्छ ।’