निमोनिया भएर उपचाररत मृत्यु भएकी महिलामा कोरोना भएको पृष्टि

३ असार, बाँके । कोरोना भाइरसका संक्रसित देशैभरी बढ्ने क्रममा सोही रोगबाट बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।

ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।

मृतक निमोनियाले रोगले थला परेकी थिइन् । पछि दिनप्रतिदिन स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।