गुल्मीमा ८ बर्षीय बच्चासहित १० जनाका कोरोना भाइरस सक्रमण

३ असार, गुल्मी । कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्ने क्रममा आज बिहानै गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा समेत कोरोना संक्रमण देखिएको छ ।

सोही नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण भएका छन्

उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

साथै सोही जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।