Breaking News

सिंहदरबार जलाउछु भन्नेले सिंहदरबार जलाए – केपी शर्मा ओली

जेनजी आन्दोलनबाट सत्ताच्यूुत हुन पुगेको नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको ब्यारेकबाट केही दिन अघि असोज २ गते गुण्डुस्थित भाडाको घरमा सरेका छन् । तर पनि त्यहाँ उनी सुरक्षाकर्मी कार्यकर्ताको घेरामै छन् । सेनाको ब्यारेकबाट बाहिर आए पनि उनि अझै सार्वजनिक कार्यक्रममा आउन आँट भने गरेका छ्रैनन् । उनले संविधान दिवसको पूर्वसन्ध्यामा असोज २ गते सामाजिक संजालबाट लामै स्टाटस लेखे पनि जेनजी आन्दोलनलाई न स्वीकारे न आफ्नो लग्ती नै भनेर माफि मागे । बरु गुण्डुमा एमाले नेता तथा कार्यकर्ता दिनहुँ बोलाएर नाडी छामिरहेका छन् , फोटो सेसन गरिरहेका छन् । यसै क्रममा उनले कार्यकर्तासँग बोल्ने क्रममा ओलीले काठमाडौँ महानगरका मेयर बालेन्द्र साहलाई लक्षित गर्दै देशलाई माया गर्नेहरूले सिंहदरबार जलाउन नसक्ने बताए ।

ओलीले योजनावद्ध रुपमा सिंहदरबार जलाइएको दाबी गर्नुभयो । ‘सिंहदरबार जलाइयो । कसले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन’ ओलीले भन्नुभयो, ‘अरू नै कुनै घुसपैठिया तत्त्वले गरे जो पहिले देखि नै भन्दै थिए त । सिंहदरबार जलाउँछु भनेर । यो एउटा योजनाबद्ध काम हो ।’

नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उहाँले युवाहरूले छलकपट हैन इमानदार हुन सिक्नुपर्नेमा जोड दिनुभयो । ‘हामी आफू अत्यन्तै जिम्मेवार नागरिकको रूपमा,देश बनाउने कर्मठको रूपमा जानुपर्दछ’ भन्नुभयो ‘हाम्रो आनीबानी, व्यवहार,बोलीचाली अत्यन्तै मिठो,सुमधुर हुनुपर्दछ । समाज उपयोगी हुनुपर्दछ ।’

कठिन परिस्थितिमा पनि हरेस नखाई संघर्षमा अघि बढ्न र षड्यन्त्रलाई बुझेर दृढतापूर्वक राष्ट्रिय हितमा अडिन ओलीले कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।