Breaking News

नारायणघाट-मुग्लिन सडक ख्ण्डको पहिरो हटाएसँगै दुईतर्फी रूपमै सञ्चालनमा

नारायणघाट-मुग्लिन सडक ख्ण्डको तुइन खोलामा झरेको पहिरो हटाएसँगै दुईतर्फी रूपमै सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले सोमबार साँझ साढे ५ बजेबाट सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको जानकारी दिएको हो।

गएको शुक्रबार राति ७ बजेतिर ठूलो पहिरो खसेपछि यो सडक ४५ घण्टा बन्द भएको थियो। आइतबार अपराह्न ४ बजेतिर एकतर्फी सञ्चालनमा ल्याइएकोमा सोमबार पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
लामो समय सडक बन्द हुँदा यो सडकमा सवारी साधनको लाइन लामो भएको छ।