Breaking News

आज विश्वकर्मा पूजा : सवारीसाधन, कलकारखाना र विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा । आजको दिन केही नेपालीहरुले आफ्ना सवारीसाधन, कलकारखाना र विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी मनाइँदै छन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन आ–आफ्ना घरमा रहेका सावारी साधन र मेसीनरी औचारका साथै कलकारखानामा रहेका ईलेक्ट्रोनिक सामानहरुमा भगवानको मृर्ति वा तस्वीर स्थापना गरेर विश्वकर्माको पुजाका गरिरहेका छन् । कोही कोहीले मठमन्दीरमा सवारी साधन लिएर पुजा गरिरहेका छन् । काठमाडौं राजधानीको भद्रकालीमा भगवान विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।
आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरसमेतलाई सहभागी गराएर विश्वकर्मा पूजा गरिन्छ ।