Breaking News

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिजिट भिसा दिन रोक

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको छ । उक्त देशले भिजिट भिसा दिन एकाएक किन रोक लगायो भन्नेबारे औपचारिक रूपमा जानकारी गराएको छैन ।

एक ट्राभल एजेन्सी सञ्चालकका अनुसार युएईको दुबई इमिरेट्सले केही पहिलादेखि नै भिजिट भिसामा कडाइ गरेको थियो । दुबई इमिरेट्सले कडाइ गरेपछि नेपालीहरूले शारजाह इमिरेट्सबाट भिसाका लागि आवेदन दिने गरेका थिए ।