Breaking News

जेनजीहरुको प्रदर्शनको क्रममा काठमाडौंका सरकारी कार्यालयहरुमा सवारी साधनमा आगजनीको प्रारम्भिक तथ्यांक

३१ भदौ, काठमाडौं । भाद्र २३, २४ गते भएको जेनजीहरुको प्रदर्शनको क्रममा काठमाडौंका सरकारी कार्यालयहरुमा रहेका सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक निकालिएको छ ।

विभिन्न सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । दुईपाङ्ग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको अधिकारीहरुले बताएका छन् ।

आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको आर्थिक नोक्सानिको मूल्यांकन गर्न पनि समय लाग्ने अधिकारीहरुले बताएका छन् ।

सरकारी मुखपत्र गोरखापत्र दैनिकले सार्वजनिक गरेको एक विवरण सार्वजनिक गरेको छ ।