Breaking News

कैलाली बलात्कार घटनाका प्रतिवादीलाई थप ७ दिन थुनामा राख्न आदेश

२ असार, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट जेठ ३१ गते करिब १२ राती सोही क्वारेन्टाइनमा बसेकी ३१ वर्षीय एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई जेठ ३० गते शुक्रबार पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका मध्ये एक स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक हुन् ।

घटनाबारे पीडित युवतीले प्रहरीमा किटानी जाहेरी दिएपछि विस्तृतमा अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको
छ ।

पीडित महिला दुई साताअघि भारतको बैंग्लोरबाट नेपाल आएकी थिइन् । एक जना प्रतिवादीले जबरजस्तीकरणी गर्दै गरेको भिडियो पनि रेकर्ड गरेको र यदि हामीलाई भनेजति पहिला नदिने भए यो भिडियो मिडियामा हालेर भाइरल बनाउछौं भनेको ति पिडित महिलाको भनाइ रहेको छ ।