Breaking News

सरकारले नरसंहार गर्यो तत्कालै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिनुपर्छ – माओवादी

काठमाडौं । आज भएको जेनजीको प्रदर्शनमा अहिलेसम्म १५ जनाको मृत्यु भएको र कयौं प्रदर्शनकारी घाइते तथा अंगभंग भएपछि आकस्मिक रुपमा बसेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । यस्तै सरकारले नरसंहार गरेको दाबी गरेको छ ।

‘जनतासँग माओवादी मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचित रहेको माओवादीको दाबी छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माओवादीको माग छ ।

जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदै छन् ।

अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव स्वयं सहभागी थिए । सबै नेतारू अभियान स्थगित गरेर काठमाडौं फर्किएका छन् ।

‘सरकारले ताकी ताकी गोली हानेले हत्या नभएर नरसंहार नै भएको माओवादी केन्द्रको दाबी रहेको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्ने बुझाइमा नेताहरू छन् ।