Breaking News

नेपाली कांग्रेसले बोलायो आकस्मिक बैठक

नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाले अपराह्न ५ बजे बस्ने गरी बैठक आह्वान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले आज काठमाडौंलगायत देशका केही सहरहरूमा प्रदर्शन गरेका थिए।

सभापति देउवालाई भेटेर आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजीका कुरा सुन्न र सामाजिक सञ्जाल खुला गर्न प्रधानमन्त्रीसँग कुराकानी गर्न सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।
जेनजीको प्रदर्शनमा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ।