काठमाण्डौं उपत्यकामा २ पुरुष र ३ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि

१ असार, काठमाडौं । आज सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको हो ।