सुर्खेतको गुर्भाकोटमा रहेको क्वारेन्टाइनमा एक जनाको मृत्यु

१ असार, सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत गुर्भाकोटस्थित नगगरपालिकामा रहेको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ । आज सोमबार बिहान गुर्भाकोट नगरपालिका ७ स्थित सिलवानीमा रहेको क्वारेन्टिनमा वडा नम्बर ८ का एक पुरुषको मृत्यु भएको हो ।

उनी १३ दिनअघि भारतको गढवालबाट आएको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए । ती व्यक्ति लामो समयदेखि क्षयरोगका बिरामी रहेका थिए ।

बिहान आफैंले खाना पकाएर खाएका उनी एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए ।

बिहान आफैं खाना पकाएर खाएका रहेछन्, खाना खाइसकेपछि एक्कासी छाती दुख्यो भनेर पल्टिएछन्,’ मेयर पुनले भने, ‘त्यसैबेला मृत्यु भएछ ।

मेयरका अनुसार मृतकको पिसीआर परीक्षणका लागि स्वाब निकाली प्रयोगशालामा पठाइसकिएको छ ।

सरीता गिरीलाई कारवाहीको तयारीमा
१ असार, काठमाडौं । पछिल्लो पटक पार्टीदेखि संसद र जनमानसमा समेत विवादित रहेकी नेतृ तथा सांसद समाजवादी पार्टीले आज सरिता गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लङ्घन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताएका छन् ।

उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो उनले पार्टीको ह्विप मान्नुभएन, त्यसैले स्वतः कारवाहीमा पर्नुहुन्छ

हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं’ स्रोतले भन्यो, ‘ तर उहाँले पार्टीको निर्देशन मान्नुभएन ।

पार्टी नेताहरू उपेन्द्र यादव विराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्बनको जानकरी संसदलाई गराइने स्रोतले बतायो ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्बन हुने प्रावधान छ ।

समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिक तर्फकी सांसद हुन् ।