Breaking News

विश्वकपमा छनोटमा अहिलेसम्म १६ टिम छनोट

२०२६ फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाबाट उरुग्वे, कोलम्बिया र पाराग्वे छनोट भएका छन्।

यी टोलीले पछिल्ला खेलमा हात पारेको नतिजाले आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान पक्का गरेका हुन्।

यससँगै विश्वकपमा छनोट हुने टोलीको संख्या १६ पुगेको छ।

दक्षिण अमेरिकी छनोटका पछिल्ला खेलको नतिजा:
•    कोलम्बिया ३-० बोलिभिया: कोलम्बियाले बोलिभियामाथि प्रभावशाली जित दर्ता गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गर्यो।
•    उरुग्वे ३-० पेरु: उरुग्वेले पेरुलाई सहजै हराउँदै विश्वकपमा छनोट भयो।
•    पाराग्वे ०-० इक्वेडर: पाराग्वेले इक्वेडरसँग गोलरहित बराबरी खेलेर पनि विश्वकपमा स्थान बनाउन सफल भयो।
•    अर्जेन्टिना ३-० भेनेजुएला: अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गर्यो। यस खेलमा लियोनल मेसीले २ गोल गरे।
•    ब्राजिल ३-० चिली: ब्राजिलले चिलीमाथि सहज जित हात पार्यो।

यसअघि दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र कोलम्बियाले स्थान पक्का गरिसकेका थए।

यससँगै दक्षिण अमेरिकाबाट छनोट हुने टोलीको संख्या ६ पुगेको छ। अब भेनेजुएला र बोलिभियामध्ये एक टोलीले अन्तर महादेशिय प्लेअफ खेल्नेछन्। यो क्षेत्रबाट पेरु र चिली भने बाहिरिएका छन्।

अहिलेसम्म विश्वकप २०२६ का लागि छनोट भएका टोलीहरू:

एसिया (६):
•    अष्ट्रेलिया
•    इरान
•    जापान
•    जोर्डन (पहिलो पटक)
•    दक्षिण कोरिया
•    उज्वेकिस्तान (पहिलो पटक)

उत्तर अमेरिका (३ – आयोजकको रूपमा):
•    क्यानडा (सह-आयोजक)
•    मेक्सिको (सह-आयोजक)
•    संयुक्त राज्य अमेरिका (सह-आयोजक)

दक्षिण अमेरिका (६):
•    अर्जेन्टिना
•    ब्राजिल
•    कोलम्बिया
•    इक्वेडर
•    पाराग्वे
•    उरुग्वे

ओशिनिया (१):
•    न्युजिल्याण्ड

यसरी, विभिन्न महादेशबाट १६ वटा टोलीले विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

विश्वकप फुटबल २०२६ आगामी वर्ष उत्तर अमेरिकाका मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ।

अर्को वर्ष हुने फिफा विश्वकपमा ४८ टोलीको सहभागिता हुनेछ। प्रतियोगिताका खेलहरू तीन देशका १६ वटा शहरमा हुनेछन्।

अमेरिकाको एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, कन्सास सिटी, लस एन्जलस, मायमी, न्यूजर्सी, फिलाडेल्फिया, सियाटल र सान फ्रान्सिस्को बे एरिया गरी ११ वटा शहरमा खेल हुनेछन्।

क्यानडाको टोरन्टो र भ्यान्कुवरमा खेल हुँदा मेक्सिकोको मेक्सिको सिटी, ग्वादलाखारा र मोन्टेर्रेमा विश्वकपमा खेल हुनेछन्।

विश्वकपमा एसियाबाट ८ टिम छनोट हुने प्रावधान छ। अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम,  दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन्।

यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ। दुई टिम अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान छ।

४८ टिमलाई अब चार-चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइने छ।

१२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्नेछन्।