दैलेखका ९१ सहित कर्णाली प्रदेशमा आज एकै दिन ११० जना कोरोना संक्रमित थपिए

१ असार, सुर्खेत । कर्णालीमा आज एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिको बताइएको छ । यि सबै भारतबाट आएका र सबै क्वारेन्टाइनमा बसिरहेका हुन ।